+
+
WC Series
पोखरा एभेन्जर्स 2025
138/6 (17.4)
VS
१४ बलमा २८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

त्रिवि शिक्षण अस्पतालमा तेस्रोपटक कलेजोको सफल प्रत्यारोपण

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २ गते १०:१७
Photo Credit : onlinekhabar/File

२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ ।

शुक्रबार बेलुकी रुपन्देही घर भएका ५० वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको हो । २७ वर्षीय छोराले उनलाई कलेजो दान दिएका थिए ।

यसअघि गत जेठ १८ गते पहिलो र साउन ३ गते दोस्रो पटक पनि त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण गरिएको थियो । कलेजो प्रत्यारोपण कार्यमा नेपाली डाक्टर तथा नर्सहरुको टोलीलाई भारतीय डाक्टरहरुले सघाएका थिए ।

नेपाली टोलीको नेतृत्वकर्ता डाक्टर रमेशसिंह भण्डारीले प्रत्यारोपणमा संलग्न भारतीय डाक्टरहरुलाई धन्यवाद दिँदै कलेजो दान दिएका र प्रत्यारोपण गरिएका दुवैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । साथै उनले तेस्रो सफलताले नेपालमा कलेजो प्रत्यारोणले स्थायित्व पाउने आशा जागेको बताएका छन् ।
नेपालमा कलेजो प्रत्यारोपण सेवाको अनुमति चार वटा अस्पतालले पाएका छन् । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, चितवनको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजले अनुमति पाएका हुन् । मानव अंग प्रत्यारोपण केन्द्रले नेपालमै पहिलो पटक २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण गरेको थियो । तर हाल यो सेवाले निरन्तरता पाएको छैन ।

चितवनको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजले अनुमति पाए पनि सेवा सुरु गरिसकेका छैनन् । तर, पुरानो मेडिकल कलेजमा डा. प्रविण जोशी नेतृत्वको टोलीले कलेजो प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक तयारीलाई तीव्रता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?