+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किँदैन : रक्षामन्त्री एस्पर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १०:३३

५ कात्तिक, काबुल । अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किहाल्ने अवस्था नरहेको अमेरिकी रक्षामन्त्रीले बताएका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अमेरिकी सैनिक सिरियाबाट जस्तो अफगानिस्तानबाट फर्किने अवस्था नरहेको बताएका हुन् ।

सिरियाबाट जस्तो अफगानिस्तानबाट पनि अमेरिका फर्किनसक्ने शंका व्यक्त गर्न भइरहेको बेला अमेरिकी रक्षा मन्त्री एस्परले भनेका छन्, ‘तालिवान समस्यालाई समाधान नगरी अफगानिस्तानबाट अमेरिका फर्किने छैन ।’

रक्षामन्त्री एस्परले भने, ‘अमेरिकाले अफगानी नागरिकसँग अफगानिस्तानमा स्थायी शान्ति र स्थायित्व कायम नहुँदासम्म सघाइराख्ने दीर्घ प्रतिवद्धता प्रकट गरेको छ । त्यसैले अमेरिका अफगानिस्तानबाट यत्तिकै फर्किने छैन ।’

अमेरिकाले अफगानिस्तानमा सन् २००१ देखि सैनिक तालिम, हतियारलगायतका आवश्यक सहायता उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?