+
+

चितवनको मौरी दाङमा चराउन नदिएकोमा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १३:५५

६ कात्तिक, काठमाडौं । चितवनका किसानले दाङको तुलसीपुरमा चराउन लागेको मौरी फिर्ता पठाइदिएकामा भन्दै विरोध जनाएका छन् ।

भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित ३ जना किसानले चरिचरणका लागि तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौर लैजाँदा वडाअध्यक्ष र स्थानीय प्रशासनले फिर्ता पठाइदिएको भन्दै नेपाल किसान संघले विरोध जनाएको छ ।

भरतपुरका किसानले २०७२ सालदेखि चरिचरण गर्दै आएको ठाउँमा स्थानीयका १५० गोलला मौरी छ भन्दै स्थानीय सरकारले बाहिरको मौरी रोक लगाउनु अव्यवहारिक र घृणित कार्य भएको संघका अध्यक्ष टंकनाथ पौडेलले बताए ।

सरकारले जारी गरेको मौरी प्रवद्र्धन नीति २०७३ अनुसार नेपालको जुनसुकै ठाउँमा विना रोकतोक मौरी चरिचरणका लागि लैजान पाउने व्यवस्था भए पनि त्यसविरुद्ध कार्य भएको भन्दै संघले आपत्ति जनाएको छ । संघले यस्ता घटना फेरि नदोहो¥याउनसमेत चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?