+
+

नेपालगञ्जको आधादर्जन पसलमा आगलागी, १ करोड बढीका धनमाल जले

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १०:१५

८ कात्तिक, बाँके । नेपालगञ्जको बीपीचोकनजिक रहेका आधा दर्जन पसलमा गएराति आगलागी हुँदा एक करोड बढीका धनमाल जलेर नष्ट भएको छ ।

जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ । जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति भएको बताएको छ । रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगजनी भएको स्थाननजिकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका दुई, नेपालगञ्ज विमानस्थलको एक, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी छ वटा दमकलले आगो निभाएको हो ।

३ महिनाअघि गत साउन २३ गते पनि त्यही नजिकका एकदर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो । पछिल्लो तीन महिनामा नेपालगञ्जमा ५ ठूला आगलागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?