+
+

‘महाभारत’मा द्रौपदी बन्दै दीपिका

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १५:३६

केही समय अगाडि मात्रै नायिका दीपिका पादुकोणले चलचित्र ‘८३’ को छायांकन सकेकीछिन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘छप्पक’को छायांकन पनि अन्तिम चरणमा पुगेको छ । यस्तैमा दीपिकाको नयाँ चलचित्रको विषयमा समाचार बाहिरिएको छ ।

नायिका पादुकोणले मंहगो वजेटमा बन्न लागेको चलचित्र ‘महाभारत’मा काम गर्ने पक्का भएको छ । ‘महाभारत’मा दीपिकाले द्रौपदी भूमिका निर्वाह गर्नेछिन् । केही समयदेखि चलचित्रमा दीपिका रहने समाचार आएका थिए । निर्माणपक्षले दीपिकालाई फाइनल गरेको छ ।

दीपिकाले आफू ‘महाभारत’लाई लिएर निकै उत्साहित भएको बताएकी छिन् । उनले भनेकी छिन्–‘महाभारत एक पौराणिक कथा हो । यसको सास्कृतिक प्रभाव पनि गतिलो छ । त्यसैले चलचित्रमा काम गर्नु हाम्रो लागि चुनौती र फाइदा दुबै छ । जती सकिन्छ चलचित्रलाई राम्रो बनाउने प्रयासमा लाग्नेछौ ।’

यो चलचित्रमा दीपिका नायिका मात्र रहने छैनन् । चलचित्रको सह–निर्माताको रुपमा पनि दीपिकाले काम गर्नेछिन् । सन् २०२१ को तिहारमा चलचित्र रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?