+
+

सुरुङभित्र फसेका चौथो मजदुरको पनि शव निकालियो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १३:३७

१९ कात्तिक, काठमाडौं । बझाङको बुङ्गल नगरपालिकाको एक जलविद्युत आयोजनाको सुरुङमा फसेका अर्का एक जनाको पनि शव निकालिएको छ ।

नगरपालिकाको वडा नं १ दारिमगार्डमा कालङ्गा जलविद्युत आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा बेपत्ता ४ जनामध्ये बुधबार एक जनाको शव निकालिएको हो प्रहरीले जनाएको छ । यसअघि मंगलबार नै ३ जनाको शव निकालिएको थियो ।

सोमबार दैलेख जिल्लाको गुराँस नगरपालिका ३ का ३० बर्षका महेन्द्र शाही, अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ का २४ बर्षका महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ का ३२
बर्षका करन शाहीको शव निकालिएको थियो ।

४ जना मजदुर सोमबार दिउँसो सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधीन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?