+
+

कास्की २ मा विवेकशीलको उम्मेदवार जमुना शर्मा

बागलुङमा सन्तोष भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १५:२६

१९ कात्तिक, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

विवेकशीलले मंगलबार शर्मालाई कास्की २ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । बाँकेमा जन्मिएकी शर्मा सामाजिक अभियन्ता तथा मनोपरामर्शदाता हुन् । पोखरा पृथ्वीनारायण क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनले राजनीतिमा प्रवेश गर्दा नौलो नलागेको बताइन् ।

‘म पहिलेदेखि नै सामाजिक अभियन्ता हुँ । राजनीति पनि त्यसकै एउटा पाटो होेजस्तो लाग्छ,’ उनले भनिन्, ‘आफ्नो सिकाइ, अनुभव, चिन्तनलाई कार्यान्वयन गर्ने प्लेटफर्मका लागि राजनीतिलाई चुनेकी हुँ ।’

काम नगर्नेलाई गाली गर्दै टुलुटुल हेरेर बस्नुभन्दा परिवर्तन आफैदेखि सुरु गर्नुपर्ने शर्माको भनाइ थियो । जनतामा असन्तुष्टिसँगै आफ्नो भविश्यबारे ठूलो प्रश्न चिन्ह उब्जेकाले त्यसलाई समयमै सुल्झाउन पनि आफू चुनावमा होमिएको उनले बताइन् ।

दलको कात्तिक १८ र १९ गते बसेको बैठकले शर्मा र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष मिलन पाण्डेले बताए । ‘सबै व्यक्ति राजनीति पृष्ठभूमिको हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘सामान्य मान्छेले पनि असमान्य राजनीति गर्न सक्छ भनेर हामीले लक्ष्य लिएका छौं ।’

कार्यक्रममा दलका केन्द्रीय सदस्य रञ्जु दर्शनाले आफूहरु कुनै पाटीलाई जित्नभन्दा पनि कास्केली मन जित्न आएको बताइन् । उनलाई कार्यक्रममा ‘अघिल्लो पटक साझासँग गठबन्धन गरेर पनि ८ सय भोटमात्रै आयो अहिले कास्की २ जित्ने कि साझा पार्टीलाई ?’ भन्ने प्रश्न सोधिएको थियो । उनले पूरै क्षेत्र जितेर परिवर्तन देखाउन लागिपरेको जवाफ दिइन् ।

उनले भनिन्, ‘सहभागितामूलक लोकतन्त्र कसैसँग सम्झौता हुँदैन । त्यसैले विवेकशील र साझा छुट्टियो । हेर्दा अचानक भएजस्तो देखिन्थ्यो तर, त्यसभित्र धेरै आन्तरिक असहमति थिए । ‘डिभोर्स इज बेटर देन टु सुसाइड,’ उनले भनिन्, ‘हामी त्यही भएर अलग भएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?