
कोही व्यक्ति सुन्दर छ कि छैन भन्ने कुरा उसको अनुहारले बताउँछ । त्यसैले भनिन्छ, अनुहार तपाईंको व्यक्तित्वको ऐना हो । आफ्नो व्यक्तित्व झल्काउन अनुहारको विशेष हेरचाह गर्न अति आवश्यक छ । तर, प्रदूषण, धुलोमाटो, फोहोर र पसिना आदि अनुहारको छालामा टाँसिएर अनुहारको प्राकृतिक चमक कम भएर छालालाई डल बनाइदिन्छ ।
त्यसैले, तपाईंको रुखो छालालाई पहिलेभन्दा पनि सुन्दर बनाउन स्पावेकले आयुर्वेद रेन्ज बजारमा ल्याएको छ । यसले तपाईंको छालाको हेरचाह गर्छ र यसको जापानी टेक्नोलोजीबाट बनेको प्रोडक्टले तपाईंको छालालाई ताजा र चमकदार बनाइदिन्छ ।
क्लिजिङको आवश्यकता
प्रदूषणको प्रभाव अनुहारमा पनि पर्छ । जसले अनुहारको चमकलाई कम गर्छ । त्यसैले स्वस्थ र सुन्दर अनुहारका लागि मेकअप लगाउनु मात्र पर्याप्त हुँदैन । त्यसको लागि अनुहारको छालालाई भित्रबाट सफा गर्नुपर्छ । जसको कारण तपाईंको अनुहार सधैं स्वस्थ र सुन्दर देखिन्छ ।
गुणस्तरीय ब्रान्डको क्लिन्जरले अनुहार सफागर्दा यसबाट निस्कने फिँज राम्रो कि्रमी फोममा परिर्वतन हुन्छ र त्यसले छालालाई कन्डिसनिङ गर्छ । त्यसले अनुहारमा भएका तेल, धुलो र प्रदुषण सफा गरेर अनुहारको हराएको प्राकृतिक चमक र सुन्दरता पुनः फर्किन्छ ।
छालालाई नरम बनाउनका लागि
अनुहार सुख्खा भयो भने तपाईंको छाला चाउरिनुका साथै सूर्यको तेजिलो अल्ट्राभ्वाइलेट किरणले तपाईंको छालालाई डडाइदिन्छ । यदि तपाई यी सबै समस्याबाट बच्न चाहनुहुन्छ भने स्पावेकको आयुर्वेद रिजूभनेट डे कि्रम लगाउनुपर्छ । त्यसले तपाइर्ंको छाला जुन सूर्यको किरणले डडेको र सुख्खा छ ।
त्यसलाई हटाएर सुन्दर बनाउने काम गर्छ । यसको साथै त्यसले अनुहार छालालाई एक समान बनाइदिन्छ । जसका कारण तपाईंको उमेर कति भयो भन्ने कुरा तपाईंको छालाबाट थाहा हुँदैन । त्यसले तपाईंलाई जवान देखिनुको साथै अनुहारलाई चम्किलो पनि बनाउछ । यो क्रिम छालाको भित्रसम्म जान्छ र छालामा चमक उत्पन्न गर्छ । छालालाई नरम बनाइराख्ने काम गर्छ ।
स्वस्थ आहार र पर्याप्त निद्रा
भनिन्छ, तपाईंको खानपान र निद्राको समय ठिक छ भन्ने कुरा तपाईंको छालाबाट थाहा हुन्छ । तपाईंको सही समयको खानपान र निद्राको असर अनुहारमा झल्कन्छ । त्यसैले यदि तपाई प्राकृतिक सुन्दर छाला होस् भन्ने चाहनुहुन्छ भने स्वस्थ खाना खानुपर्छ र पर्याप्त निद्रा हुनुपर्छ । जसले तपाईको छाला चम्किलो र आकार्षक देखिन्छ ।
विशेष प्रकारका गुणहरु
आयुर्वेद क्लिन्जर र डे क्रिममा धेरै गुणहरु समावेश छन् । साथै यिनमा विशेष किसिमका उत्पादनहरुको उपयोग पनि गरिएको छ ।
प्रतिक्रिया 4