+
+

बसभित्र रुपाली विद्यालयका प्रअ मृत भेटिए

रासस रासस
२०७६ कात्तिक २१ गते १५:२२

२१ कात्तिक, बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन् ।

बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक बिहीबार बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

बिहान ७ बजे बाजुराको बूढीगङ्गा नगरपालिका– ४ स्थित मौरे प्रहरीचौकीमा बस जाँच गर्ने क्रममा आफ्नो सिटमै शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

मृतक प्रधानाध्यापक शाही बर्खे बिदाको समयमा धनगढी गएको र केही दिनअघिदेखि विद्यालय खोलेकोले प्रअ शाही विद्यालय फर्केको जनाइएको छ । शाहीको शव अहिले परीक्षणको लागि जिल्ला अस्पताल बाजुरा राखिएको छ । शव भेटिएको बसलाई छोडिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?