
२२ कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रौतहटको राजपुरमा भएको विष्फोट प्रकरणमा मुख्य अभियुक्त पूर्वमन्त्री एवं सांसद मोहमद अफताब आलमलाई उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको छ ।
विष्फोटमा घाइते एक दर्जनाभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग लागेका आलममाथि सम्पत्ति शुद्धीकरण विभागले पनि छानविन गरिरहेको छ । त्यसक्रममा आलमलाई विभागमा पनि उपस्थित गराइदिन पत्राचार गरिएको हो ।
यद्यपि, उनलाई कहिले विभाग पठाउने वा के गर्ने भन्ने टुंगो लागि नसकेको एक प्रहरी अधिकृतले बताए । विभागले एक जना अनुसन्धान अधिकृत नै तोकेर आलममाथि छानविन गरिरहेको छ ।
आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर गरेको भन्दै जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता छ । अहिले आलमको थुनछेक बहस जिल्ला अदालत, रौतहटमा जारी छ ।
प्रतिक्रिया 4