+
+

भारतमा फैसला, जनकपुरधाममा मिठाई बाँडियो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २३ गते २०:१८

२३ कात्तिक, जनकपुरधाम। भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउने फैसला गरेको खुसीयाली जनकपुरधाममा समेत बनाइएको छ । रामको ससुराली मानिने जनकपुरधाममा मिठाई बाँड्नुका साथै दिपावली गरिएको छ ।

जानकी मन्दिरका साधुसन्तहरुले मिठाई बाँडेका छन् । दर्शनका लागि आउने श्रद्वालुसहित आवतजावत गर्नेहरुलाई मिठाई बाँडिएको छ । सीताको जन्मस्थल जनकपुरधाम भएकाले यहाँ खुशियाली मनाउनु स्वभाविक भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताउँछन् ।

जानकी मन्दिर प्राङ्गणमा दीपावली मनाइएको छ । शनिबार साँझ मन्दिर प्राङ्गणमा दीप प्रज्जवलन गरी दीपावली मनाइएको छ ।

जनकपुरधामलाई भगवान रामको ससुराली मानिँदै आएको छ । हरेक वर्ष विवाहपञ्चमीका दिन भारतको अयोध्याबाट जनकपुरधाम जन्ती समेत आउने गर्दछ । गत बर्ष उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?