+

राम्सी चम्किँदा वेल्स युरोकपमा स्थान बनाउन सफल

२०७६ मंसिर  ४ गते ८:२८ २०७६ मंसिर ४ गते ८:२८
राम्सी चम्किँदा वेल्स युरोकपमा स्थान बनाउन सफल

काठमाडौं । एरोन राम्सीको दुई गोलसँगै वेल्सले हंगेरीलाई हराएको छ र युरोकप २०२० मा स्थान बनाएको छ ।

मंगलबार राति भएको खेलमा वेल्सले हंगेरीलाई २–० गोल अन्तरले हराएको हो । युरोकप छनोटमा पहिलो पटक प्लेइङ ११ मा परेका राम्सीले १५ औं मिनेटमा नै वेल्सको खाता खोले ।

दोस्रो हाफको सुुरुमा नै उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

वेल्सले सन् २०१६ मा ५८ वर्षपछि पहिलो पटक युरोकप खेलेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय