+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

माछापुच्छ्रे बैंकमा अष्ट्रेलियन डलर सहटी सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १८:३६

५ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरी ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।

विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम १,५०० अमेरिकी डलर बराबरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभावले अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् ।

सोहि समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा र कन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाडौं उपत्यकाभित्र रहेका लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोडबाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?