+
+

महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ६ गते १९:२३

६ मंसिर, काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुका लागि ‘महिन्द्रा केयर फेस्ट २०१९’ सम्पन्न गरेको छ।

यो केयर फेस्टको उद्घाटन बालजू अटोवक्र्सका म्यानेजिङ्ग डाइरेक्टर अर्जुनप्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्राका कन्ट्रि हेड चैतन्य कागलकर, बालाजू अटोवक्र्सका प्रमुख कार्यकारी अधिकृत शशीन्द्र भण्डारी तथा दुई जना ग्राहक भीमबहादुर नेपाल एवं दत्तराम सापकोटाले सामूहिक रुपमा गरेका थिए।

उक्त कार्यक्रम मंसिर २ देखि ६ गतेसम्म ५ दिनका लागि नेपाल लगायतका विभिन्न २५ देशमा आयोजना गरिएको थियो। जहाँ महिन्द्रा गाडीका प्राविधिकहरुले गाडीको ६० जाँच गरेका थिए।

महिन्द्रा ग्लोबल केयर फेस्ट २०१९ मा निःशुल्क सर्भिसिङ्ग, स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजहरुमा १२५ छुट दिइएको थियो।

साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा छुटको व्यवस्था पनि मिलाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?