+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंको साँखुबाट घुस लिने र दिने दुवै जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते २०:१४

९ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको साँखुबाट घुस लिने र दिने दुबै जनालाई पक्राउ गरेको छ ।

घुस लिएको आरोपमा शंखरापुर नगरपालिकाको वडा नं. ७ साँखु स्थित नापी कार्यालय साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकी र घुस दिएको आरोपमा सेवाग्राही ज्ञान बहादुर कार्कीलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

सेवाग्राही कार्कीले जग्गाको ट्रेस नक्सा बनाई दिए वापत अमिन बुढाथोकीलाई ४ हजार रुपैयाँ घुस दिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले दुबै जनालाई आइतबार कार्यालय अगाडि रहेको गल्लीबाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?