+
+

‘साङ्लो’ गीतः विराजसँग निकिताको ‘चरीले काफल’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १५:११

नायक विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो’ माघको २४ गतेबाट रिलिज हुँदैछ । विराज आफैले निर्देशन गरेकाले पनि चलचित्र कस्तो बनेको होला भन्ने कौतुहलता दर्शकमा छ । यसैविच, चलचित्रमा समावेश पहिलो गीत ‘चरीले काफल’ सार्वजनिक गरिएको छ ।

राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको यो गीतमा राजनकै शब्द तथा संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक विराज भट्ट र नायिका निकिता चण्डकलाई फिचरिङ गरिएको छ ।

यो गीतलाई दर्शकले मन पराउने आशा निर्माणपक्षको छ । भिडियोको लागि निर्माण टिमले राम्रै मिहिनेत गरेको छ । चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला लगायतका कलाकारको पनि अभिनय छ ।

शिवम् अधिकारीले लेखेको यो चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?