Comments Add Comment

माल्दिभ्समाथि श्रीलंकाको ९८ रनको जित

१९ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत श्रीलंका र माल्दिभ्सविरुद्धको क्रिकेट म्याचमा श्रीलंका ९८ रनले विजयी भएको छ । श्रीलंकाको अन्डर–२३ टोलीले दिएको एक सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स ९४ रनमा अलआउट भयो ।

टस जितेर श्रीलंकाले कमजोर माल्दिभ्सविरुद्ध पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर, सुरुवातमा माल्दिभ्सका बलरहरुले कसिलो बलिङ गरे । ४.१ ओभरमा श्रीलंकाले २९ रनको स्थितिमा आफ्ना दुवै ओपनर गुमायो । तर, चौंथो नम्बरमा आएका कामिन्दु मेन्डिसले विष्फोटक शतक हान्दै बलियो स्कोर खडा गर्न सफल भएका थिए । मेन्डिसले ३ छक्का र १० चौकाको मद्दतले ५४ बलमा १ सय २ रन बनाएर आउट भए ।

जवाफी ब्याटिङमा आएको माल्दिभ्सले गतिलो जवाफ दिन सकेन । तीन जना ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन बटुल्न सके । ओपनिङमा आएका मोहम्मद रिजवानले २३ बलमा सर्वाधिक २९ रन बनाएका थिए । उनले २ छक्का र तीन चौका प्रहार गरे । माल्दिभ्सले पुरै २० ओभर ब्याटिङ गर्न भने सफल रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment