+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन- गैंडासँग नलोभिनुस्, मुन्द्रा लाउनेसँग नडराउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २१ गते १०:१०

२१ मंसिर, पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारी मुन्द्रा लगाउनेसँग नडराउन र गैंडासँग नलोभिन कर्मचारीहरुलाई निर्देशन दिएकी छन् ।

शनिवार पोखरामा आयोजित ‘आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री अर्यालले मालपोत र नापी सुध्रिएछन् भन्ने देखाउने गरी काम गर्न निर्देशन दिइन् ।

तर कमजोर मनस्थिती नबनाउन आग्रह गर्दै मन्त्री अर्यालले सेवाभावका साथ प्रस्तुत हुन आग्रह गरिन् । ‘तपाईंहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । गल्ती नगरेकालाई अख्तियारले लगेको छैन,’ मन्त्री अर्यालले भनिन्, ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । हो की होइन म जान्दिनँ । यो कुरा मनमनै राख्नुहोला । यदि हो भने त्यस्तो गर्नु भएन । परिवर्तनको अनुभूति तपाईंहरूको टेबुलबाटै देखिने हो ।’

राम्रा कर्मचारीको संरक्षण गरिने भन्दै उहाँले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताइन् । उनले कसैसँग नडराइ काम गर्न पनि आग्रह गरिन् । ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस् ! इमान्दार भएर सेवाग्राहीको सेवामा समर्पित हुनुस्,’ मन्त्री अर्यालले भनिन् ।

मन्त्रालय नयाँ ढंगबाट अगाडि बढ्न खोजेको भन्दै उनले बेथितिका कारण कहिलेकाहीँ निराश हुनुपर्ने अवस्था आउने गरेको बताइन् । सेवा प्रवाह, आचरणका क्षेत्रमा केही न केही फरकपना आइदियोस भन्ने अपेक्षा रहेको मन्त्री अर्यालले बताइन् । ‘हामीमाथि औंला ठडिएको छ । औंला ठडिएपछि केही न केही फरकपना आउनैपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘ कहीँ प्रश्न नउठोस् । तपाईंहरू संस्कारित बन्दिनुस् ।’

कार्यक्रममा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले भूमि प्रशासन अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सचेततापूर्वक काम गर्न कर्मचारीहरुलाई आग्रह गरे ।

यसैगरी भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद  ज्ञवाली, नापी विभागका  महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले कार्यालयहरु प्रविधिमैत्री बनाउँदै गएको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?