+
+

डिसहोम क्रेडिट सर्भिस अब ५ दिनसम्म पाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १९:५५

२२ मंसिर, काठमाडौं । डिस होमले ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसकेपछि ३ दिनसम्म थप म्याद दिदैं आएकोमा उक्त सेवाको म्याद थप गरी ५ दिन पुर्याएको छ।

अब ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा पाउँनेछन्।

यो क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने डिस होम कम्पनीले बताएको छ।

कम्पनीकाअनुसार यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकहरुलाई व्यावधानरहित सेवा उपलब्ध गराउनु हो।

डिसहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो। हाल दैनिक रुपमा ५८ सय भन्दा बढी ग्राहकहरुले उक्त सेवा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?