+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सीमा अतिक्रमणविरुद्ध ‘कविता आन्दोलन’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १५:१३

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् ।

कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही, महेन्द्र थुलुङ राई, दिपेन सिम्खडा, साहित्यकार रत्नप्रसाद अनामणि, विज्ञान शर्मा, नारायण ढकाललगायतले कविताका माध्यमबाट राष्ट्रियता रक्षाको माग गरे ।

सडक कविता आन्दोलनका अभियन्ता रसुवाली कविले राष्ट्रियता संकटमा परेको बेला सबै कवि, सर्जक एवम् साहित्यकारहरूलाई सडकमा ओर्लिन आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?