+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

३ करोड लागतमा यस्तो बन्दैछ काठमाडौंमा साइकल लेन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १९:०२

२४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले साइकल लेनको थ्री डी डिजाइन सार्वजनिक गरेको छ । महानगरले माइतीघरदेखि कोटेश्वरसम्म साइकल लेन बनाउनका लागि डिजाइन सार्वजनिक गरेको हो ।

महानगरको सहरी योजना आयोगले काठमाडौंमा साइकल लेन बनाउनका लागि गुरुयोजनासमेत तयार पारेको थियो । यस रुटमा साइकल लेन बनाउनका लागि महानगरले तीन करोड रुपैयाँ खर्चिने भएको छ ।

आयोगका कार्यकारी उपाध्यक्ष सरोज बस्नेतले साइकल लेन निर्माणका लागि गुरुयोजना तयार भइसकेको र सरोकारवालासँगको छलफलसमेत भइसकेकाले चाँडोभन्दा चाँडो लेनको काम सुरु हुने बताए ।

उनका अनुसार महानगरले आगामी सातादेखि नै काम सुरु गर्नेछ । लेन आधुनिक तरिकाले निर्माण हुने बताइएको छ । आयोग उपाध्यक्ष बस्नेतका अनुसार छेउको लेन र पैदल यात्री हिँड्ने सडक पेटीको बीचमा साइकल लेन निर्माण हुनेछ ।

‘अहिले हामीले साइकल ट्रयाकका लागि डिजाइनसमेत फाइनल गरिसकेका छौं, माइतीघरदेखि तीनकुनेसम्मका लागि डिजाइन तयार भएको छ,’ उपाध्यक्ष बस्नेतले भने, ‘चाँडै काम सुरु हुन्छ, यसै आर्थिक वर्षभित्रै अधिकांश काम सक्ने हाम्रो योजना छ ।’

हेर्नुहोस् साइकल लेनको थ्री डी डिजाइन –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?