+
+

दराजले डिसेम्बर १२ मा ‘१२.१२ किनमेल मेला’ गर्ने, यस्ता छन् अफर

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १७:४५

२४ मंसिर, काठमाडौं ।  अनलाइन बिक्रेता दराजले ११.११. को सफलतापछि यस वर्षको अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ। दराजको १२.१२.अभियान यही २६ मंसिरदेखि पुस २ सम्म लागू हुने कम्पनीले जनाएको छ।

अभियानमा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डहरुका सरसामानहरुमा ६० प्रतिशतसम्मको भारी छुट, मेगा डिलहरु, क्रेजी भाउचरहरु पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेमजस्ता नयाँ र रमाइला गेमहरुमा भाग लिन पाई उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

साथै उपभोक्ताहरुले दराजका बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाइन पेमेन्ट गर्दा थप २० प्रतिशत अथवा १ हजार ५ सय रुपैयाँसम्मको छूट पाउने बताइएको छ।

दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोवेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो। दराज ११.११.मा दराज एप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोकर्ताहरुको उपस्थिति थियो जुन पोहोरभन्दा ७५ प्रतिशत बढी हो। यसपालिको ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०००० भन्दा बढी उपभोक्ता थिए । साथै दराजले २४ भन्दा बढी सहरहरु मा १.५ लाख भन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।

दराज नेपालका प्रबन्धनिर्देशक लिनो अलरिंगले भने, ‘दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याक फ्राईडे को थप सफलताले गर्दा गत नोवेम्बर हामी र हाम्रो बिक्रेताहरुको लागि सुपर नोवेम्बर नै हुनपुग्यो। त्यसैले हामी यो सफल साल, २०१९, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरुका साथ् भव्य तरिकाले विदाइ गर्न चाहन्छौं ।’

उनले खास गरी ११.११. को फाइदा उठाउन नपाएकाहरुलाई थप नयाँ डिलहरु लिएर आएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?