+
+

लक्ष्मी बैंकको एनिमेटेड भाइबर-स्टिकर प्याक

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २५ गते १६:०३

२५ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ भाइबरमा १६ प्रकारको स्टिकर रहेकोे स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ ।

भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम हुन् र लक्ष्मी बैंकको “ग्रि टिङ्स फर्म लक्ष्मी” प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौदि्रक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यत्त mगर्न तथा अन्य सन्देशहरु आदान प्रदान गर्न अबलक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिनेछ ।

लक्ष्मी बैंकले ग्राहकमाझ उत्कृष्ट उत्पादनहरु, विशिष्ट सेवाहरु र उपयोगी टिप्सको माध्यमबाट व्यक्ति, परिवार, साना व्यवसायीहरु तथा ठूला कर्पोरेटहरुको दैनिकिमा महत्वपूर्ण योगदान पुर्‍याउन प्रतिबद्घ रहेको बताएको छ । भाइबर स्टिकर त्यही उद्देश्यबाट प्रेरित एक अर्को कदम भ एको उसको दावी छ ।

लक्ष्मी बैंककी रणनीति तथाबजार विभाग प्रमुख भारती पाण्डेले भनिन् ँहामीले यो स्टिकर प्याक भाइबरमा लक्ष्मी बैंकको बैंकिङ बटको पुरकको रुपमा प्रस्तुत गर्न पाएकोमा निकै उत्साहित भएका छौं । बैंकको ग्राहसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै लग्नु आजको आवश्यकता बमोजिम नै यो स्टिकरमार्फत् नयाँर विद्यमान ग्राहकहरुलाई हाम्रो भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षा हामीले गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?