+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एनआइसी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुटसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते १८:३८

२७ मंसिर, काठमाडौं ।एनआइसी एशिया बैंक लिमिटेड र फुडमान्डु प्रालिबीच एनआइसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत भुक्तानी संकलन गर्ने सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार कुनै पनि बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफूले इच्छाइएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

यस सम्झौतासँगै सीमित अवधिका लागि एन आइ सी एशिया बैंकलगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरी क्युआर कोडमार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् ४ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?