+
+

पौडेल समूहको भेला : महाधिवेशन कार्यतालिकाको अडान नछाड्ने निर्णय

पौडेललाई देउवाको फोन - कफी खान आउँछु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २७ गते २०:२७

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने भएको छ ।

यही माग राखेर बुधबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका पौडेल समूहका नेताहरु भोलिपल्ट प्रकाशमान सिंहको चाक्सीबारीसिथत निवासमा भेला भएका थिए । भेलामा महामन्त्री डा. शशांक कोइराला पनि सहभागी थिए ।

पौडेल समूहका नेताहरुबीच छलफल चलिरहेका बेला वरिष्ठ नेता पौडेललाई पार्टी सभापति शेरबहादुर देउवाको फोन आएको थियो । ‘सभापतिले वरिष्ठ नेतालाई भोलि कफी खान तपाई कहाँ आउछु भन्नुभएको छ’ एक नेता भन्छन्, ‘सभापतिले के प्रस्ताव लिएर आउनुहुन्छ हेरौं भन्ने भएको छ ।’

तर महाधिवेशनको कार्यतालिकालाई जारी केन्द्रीय कार्यसमितिको एजेण्डा बनाउने सहमति नभए बैठकमा नजाने नेताहरुको अडान छ ।

स्रोतका अनुसार भोलि सभापति देउवाले भेट्दा पनि पौडेलले धेरै कुराकानी नगर्ने सहमति भएको छ । संस्थापन पक्षसँग औपचारिक सम्वाद गर्न पूर्वमहामन्त्री प्रकाशमान सिंह र हृदयराम थानीलाई जिम्मा दिइएको छ ।

कांग्रेस बैठक पर्सि बोलाइएको छ । बुधबारको बैठकमा केन्द्रीय विभागहरु थप गर्नेदेखि नेवि संघको कार्यकाल ६ महिना थप गर्नेसम्म प्रस्ताव पेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?