+
+

महिला हत्याको आरोपमा श्रीमानसहित ३ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते ८:२८

२९ मंसिर, धादिङ । धादिङकी एक महिलाको हत्यामा संलग्नको आरोपमा प्रहरीले तिनका श्रीमानसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

सिद्धलेक गाउँपालिका–३, आमकोटकी २० वर्षीया अनिषा तामाङको शव मंसिर १० गते सेफ्टीट्याङ्कीमा फेला परेको थियो ।

तामाङको हत्यामा संलग्नको आशंकामा प्रहरीले २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि थापामगर र ४७ वर्षीय इन्द्र थापामगरलाई पक्राउ गरेको छ । पक्राउ परेका अर्जुन अनिषाका श्रीमान् हुन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका सूचना अधिकारी रूपक खड्काका अनुसार, मृतक तामाङको शव परीक्षणका लागि जिल्ला अस्पताल राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?