Comments Add Comment

इस्लिङटन कलेजले तीन विद्यार्थीलाई बेलायतमा पढ्न छात्रवृति

३० मंसिर, काठमाडौं । कमलपोखरी इस्लिङटन कलेजले स्नातक तहमा उत्कृट छनौट भएका तीन विद्यार्थीलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयलयमा सुचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्ने गरी पुर्ण छात्रवृति घोषणा गरेको छ ।

कलेजको दिक्षान्त समारोहमा कलेज र आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले छात्रवृति घोषणा गरे । छात्रवृति पाउने विद्यार्थीहरुमा त्रिजन मानन्धर, सविन नकर्मी र अरुण आचार्य रहेका छन् । उनीहरुले विश्वविद्यालयमा थप अध्ययनगर्न छात्रवृति पाएका हुन । अध्यक्ष बुढाथोकीले विश्व्ाविद्यालयमा खान, बस्न र हवाई टिकट र अध्ययनको लागि तीन जनालाई पुर्ण छात्रवृति उपलब्ध गराएको जानकारी दिए ।

सो विश्वविद्यालयमा सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनको लागि सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने भएको छ । छनौटमा परेका विद्यार्थीलाई पुर्ण अध्ययनका लागि सो कलेजले ३३ हजार पाउण्डको छात्रवृति पाउनेछन् छ-कलेजका अध्यक्ष बुढोथोकीले भने ।

इस्लिङटन कलेजमा अध्ययन गर्ने विद्यार्थीको विद्यार्थीको सुचना, प्रविधिको पढाई उत्कृष्ठ रहेकोले थप अध्ययन गर्न छात्रवृति दिएको जानकारी गराए ।

उनले भने,’छात्रवृतिसंगै थप अध्ययन पुरा गरेका विद्यार्थीले नेपालमै रोजगारी सिर्जना गर्न सकुन भन्ने उद्देश्यले छात्रवृति दिएका हौ । त्यसैगरी सोही कलेजमा अध्ययनरत दुई व्ािद्यार्थीलाई कलेजमै अध्ययन गर्न छात्रवृति दिएको छ । छात्रवृति पाउनेमा रसिला श्रेष्ठ र कोमल निरौला रहेका छन् । उनीहरुलाई स्नातकोत्तर तह अध्ययन गर्न छात्रवृति दिएको कलेजले जनाएको छ ।’

यसैबीच कलेजमा स्नातक तह पुरा गरेका गरेका ४ सय सय ४५ विद्यार्थी दिक्षित भएका छन् । काठमाडौमा आयोजित समारोहमा लण्डन मेट्रोपोलिटन विश्व्ाविद्यालयका भाइस चान्सलर लिन प्राध्यापक डब्सले दिक्षीत विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

दिक्षान्त समारोहमा बोल्दै भाइस चान्सलर डब्सले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटन कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरे ।

उनले नेपालमा प्रदान गरेको शिक्षा विश्वकै उत्कृष्ठ दर्जामा रहेको दाबी गरे । ‘इस्लिङटन कलेजले विश्वविद्यालयले सोचेभन्दा प्रगति गरेको छ । विश्व्ाको आवश्यकता सुचना प्रविधिमा आधारित शिक्षा हो, सूचना प्रविधि सहितको शिक्षा दिन कलेज सक्षम र सफल भएको छ । उहाले दीक्षित विद्यार्थीलाई शुभकामना दिदै भन्नुभयो-तपाईहरु लण्डन मेट्सका सफल विद्यार्थी हुनुभएकोमा बधाई छ । तपाईहरुको अबको यात्रा सुखमय रहोस,’ उनले भने ।

कार्यक्रममा बोल्दै आइएनजी ग्रुपका अध्यक्ष बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताए ।

उनले नेपालमा हासिल गरेको शिक्षा नेपालमै प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे ।

र, भने,’थप शिक्षा हासिल गर्न विदेश जानु होला तर उच्च शिक्षा पुरा गरेपछि नेपालमै र्फकनु होला ।’

इस्लिङटन कलेजमा अध्ययन पुरा गरेका विद्यार्थीले कुनै न कुनै सरकारी, गैरसरकारी र निजी क्षेत्रमा रोजगारी हासिल गर्न सफल भएको जानकारी गराउदै इस्लिङटनले रोजगारीमा आधारित शिक्षा प्रदान गरिरहेको उल्लेख गरे ।

अन्य विश्वविद्यालयका कलेजको दाजोमा आइएनजी ग्रुपद्धारा संचालित इस्लिङटन कलेज सुचना र प्रविधिमा आधारित कलेजले शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै उनले भने, ‘अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौ ।’

अध्ययन संगै नयाँ काम खोज्न अमेरिका, अष्ट्रेलिया जापान लगायत मुलुकमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरी अब नेपालमै सोही स्तरको शिक्षा पाउने स्तरको पठन पाठन गर्न कलेज सफल भएको उनको भनाई थियो ।

‘विद्यार्थीको लाइफ स्टाइललाई परिवर्तन गर्न र उत्कृष्ठ रोजगारी हासिल गर्न सुचना र प्रविधियुक्त शिक्षा उपलब्ध गर्न आइएनजी ग्रुपको कलेज सफल भएको छ,’ उनले भने, ‘पढाइको सिलशिलामा तपाईहरुको यात्रा शुरु भएको छ । अब तपाईहरुले पहिला आफुलाई सोच्नुस, त्यसपछि परिवार, आफन्त, समाज देश र विश्वको लागि केही गर्नुस् ।’

अध्यक्ष बुढोथोकीले दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीको उज्वल भविश्यको शुभकामना दिए । सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायत स्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बाट सम्बन्धन लिएको हो ।

हाल कलेजमा बिबिएमा कम्प्युटिङ, नेटवर्किङ एण्डआइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा तीन वषिर्य कोर्ष अन्तर्गत संचालन भैरहेको छ । व्यवस्थापन अन्तर्गत चार वषिर्य बिबिएमा इन्टरनेशनल विजनेस, फाइनान्स र मार्केटिङ रहेका छन् । तथ्याङक अनुसार इस्लिङटनमा अध्ययनगर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment