+
+

बैंकिङ इन्स्टिच्युटको सीईओमा लम्साल

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ३० गते १८:५१

३० मंसिर, काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिटच्यूट लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् ।

इन्टिच्यूटको सञ्चालक समितिले सोमवारदेखि नै लागू हुने गरी पूर्बबैंकर लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ति दिएको हो ।

लम्साल बैंकिङ्ग क्षेत्रका अनुभवी व्यक्ति हुन् । सानिमा बैंक, प्रभु बैंक, जनता बैंक नेपाल लगायतका बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका लम्सालले बैंकिङ क्षेत्रमा दुई दशक भन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताएका छन् ।

पछिल्लो समय जनता बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पश्चात उनले बैंकिङ्ग क्षेत्रमा विशेष गरी क्रेडिट विषयको प्रशिक्षकको रुपमा योगदान पुर्‍याउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?