Comments Add Comment

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित

२ पुस, काठमाडौं । आन्तरिक विवाद समाधान नभएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बुधबार दिउँसो १ बजे बैठकको समय निर्धारण गरिएको थियो ।

सहमतिको प्रयासमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका नेताहरुबीच छलफल भएको थियो । साथै दुवै पक्षले आ-आफ्नो समूहमा पनि आन्तरिक छलफल गरेका थिए । कृष्णप्रसाद सिटौलाले पनि सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग तथा मंगलबार वरिष्ठ नेता पौडेल र पौडेल समूहको वार्ता टोलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

महाधिवेशन तालिका, नेविसंघ, तरुण दललगायतका भ्रातृ संस्थाको नेतृत्व चयन, विभागहरु गठनलगायतका विषयमा देउवा र पौडेल पक्षबीच विवाद छ । यी विवाद चर्किएपछि २६ मंसिरमा पौडेल र सिटौला पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेका थिए ।

सभापति देउवाको चार वर्षे कार्यकाल पूरा हुन तीन महिना मात्र बाँकी रहेको बेला सभापति देउवाले महाधिवेशनको तालिका बनाउन चासो नदिएर उल्टै विभागहरु थप्ने लगायतका विवादास्पद प्रस्ताव ल्याएको भन्दै पौडेल र सिटौला पक्षका नेताहरु रुष्ट छन् ।

विवाद समाधानका लागि वार्ता गर्न देउवा पक्षले निधिलाई र पौडेल पक्षले सिंहलाई जिम्मा दिएका छन् ।

यो पनि पढ्नुहोस कांग्रेसमा महाधिवेशनको मितिसँग विभागको विवाद पेचिलो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment