+
+

हात्ती महोत्सवको विरोधप्रति प्रचण्डको असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १० गते १५:२२

१० पुस, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हात्ती महोत्सवको विरोधप्रति असन्तुष्टि जनाएका छन् ।

बिहीबारदेखि सुरु भएको महोत्सवको उद्घाटन समारोहमा प्रचण्डले भने, ‘आजकाल कोहीकोही आफूलाई निक्कै बुझक्कड ठान्ने मानिसहरुले मानिस र जनावरको सम्बन्धमा दरार पैदा गर्न खोज्छन्, त्यो निकै दुखद पक्ष हो ।’

महोत्सवको तयारी गर्दा मानिसले वर्ष दिनभरी हात्तीलाई कसरी मोटो, राम्रो र सुन्दर बनाउन मेहनत गर्ने र महोत्सवमार्फत हात्तीले व्यवसायमा लाभ गराउने गरेको उनले बताए ।

हात्तीको प्रयोग मानिसले मात्र होइन भगवानले पनि कसरी प्रयोग गर्ने गरेका थिए भनेर पुराण, धार्मिक ग्रन्थहरुमा चर्चा गरिएको भन्दै उनले प्रकृतिको यो नियम विपरीत जान खोज्नु गलत भएको बताए ।

पशु अधिकारको क्षेत्रमा काम गर्दै आएकाहरुले महोत्सवका नाममा हात्तीलाई यातना दिएको भन्दै विरोध गर्दै आएका छन् । पेटाले यसबारे अध्ययन नै गरेर चितवनको महोत्सवमा कसरी हात्तीलाई यतना दिइन्छ भन्ने रिपोर्ट बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?