Comments Add Comment

सुशिल र सारंगा श्रेष्ठको ‘माया बस्यो मुटुमा’

नायक सुशिल क्षेत्री र नायिका सारंगा श्रेष्ठ अहिले अमेरिकामा छन् । सारंगा अमेरिकामा बस्न थालेको त लामै समय भैसक्यो । नायक सुशिल क्षेत्री पनि केही बर्ष अगाडि मात्र अमेरिका पुगेका थिए ।

सुशिल क्षेत्री चलचित्र क्षेत्रमा क्रेज कमजोर हुँदै गएपछि अमेरिका हानिए । उनले अमेरिकामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता भने जनाउँदै आएका छन् । सुशिल क्षेत्री र सारंगा श्रेष्ठले केही चलचित्रमा काम गरेका छन् । उनीहरुले काम गरेको चलचित्र ‘आगो’ सर्वाधिक चर्चामा थियो । यो चलचित्रमा समावेश ‘माया बस्यो मुटुमा’ बोलको गीत अहिले पनि चर्चित छ ।

अमेरिकामा आयोजना भएको ‘मेरो डान्स कप र मेरो भ्वाइस कप’मा नायक सुशिल क्षेत्री र सारंगा श्रेष्ठले आफ्नो धमकेदार प्रस्तुती दिएका छन् । सुशिल र सारंगा दुबैलाई नेपाली चलचित्रमा राम्रो नृत्य गर्ने कलाकारको रुपमा लिइन्छ ।

स्टेजमा सुशिल अर्की नायिका पूजा चन्दसँग पनि स्टेजमा देखिए । चलचित्रको पर्दामा लामो समयदेखि सुशिल र सारंगालाई मिस गरेका अमेरिकाका दर्शकले स्टेजमै भएपनि उनीहरुको नृत्यबाट मनोरञ्जन लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment