+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

नबिलले २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते १७:२५

२३ पुस, काठमाडौं । नबिल बैंकको बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालको अध्यक्षतामा बसेको ३५औं वाषिर्क साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।

बैंकले आव २०७५/७६मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु.४ अर्ब २४ करोड कमाएको थियो । बैंकले जेथामा प्रतिफल १७.७६ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब १ अर्ब पुर्‍याएको छ ।

बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोेे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१ प्रतिशत र ६.४४ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” रु. २३ अर्ब १९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पूँजी यस बर्ष रु. १० अर्ब ९ करोड नाघेको छ ।

अध्यक्ष पौड्यालले भने “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्‍याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?