
युएई। अल अहलिया एक्सचेन्ज युएईले यसवर्ष पनि विन्टर प्रोमोसन योजना ल्याएको छ । यो प्रोमोसनमा सहभागी ग्राहकले एक किलो सुन र १० वटा कार उपहार जित्नेछन् ।
डिसेम्बर १५ तारिखदेखि फेब्रुअरी १२ तारिखसम्म अहलिया एक्स्चेञ्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिने एक्सचेञ्जले जनाएको छ ।
पहिलो गोलाप्रथा आबुधाबीको इलेक्ट्रा शाखामा फ्रेबुअरी १३ तारिख हुनेछ । जसमा विजेताले ३ वटा कार जित्नेछन् । यस्तै थप ३ वटा कारको विजेता सारजाहको अलसज्जा शाखामा फ्रेबुअरी १६ मा सार्वजनिक गरिने छ ।
मेघा पुरस्कारमा १ किलो सुन र ४ वटा कारको विजेता घोषणा दुबईको अलकुज शाखामा आउँदो फ्रेबुअरी १७ तारिखमा सार्वजनिक गरिने एक्सचेन्जका नेपाल सेक्टर प्रमुख बेनीमाधव ढकालले जानकारी दिए ।
नियमीत पैसा पठाइरहने नेपालीले पहिलो पटक उक्त एक्सचेन्ज प्रयोग गरी पैसा पठाउने अर्को नेपाली ल्याएमा थप २ वटा कुपन पाउने ढकालले अनलाइनखबरलाई बताए ।
अल अहलिया एक्सचेन्जले हरेकवर्ष आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन यहाँ कार्यरत नेपालीलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न योजना ल्याउने गरिएको एक्सचेन्जका जनरल म्यानेजर कमल सुब्बाले बताए ।
यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको हुदाँ यस योजनामा सहभागी हुन उनको आग्रह छ ।
प्रतिक्रिया 4