+
+

‘मम्मी डान्स प्रतियोगिता’को ताज कल्पनालाई

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १७:३७

२७ पुस, बुटवल । रुपन्देहीको सैनामैनामा आयोजित ‘मम्मी डान्स प्रतियोगिता’को ताज बुटबलकी कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।

चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै कल्पना प्रथम भएकी हुन् ।

विजेतालाई ताज, नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय भएका छन् । उनीहरुले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा कल्पना द्वितीय भएकी थिइन् । उनी बुटवलको बुद्ध टेलिभिजन र रेडियो जागरणमा कार्यरत छिन् ।

महोत्सवमा, राष्ट्रिय कलाकार पशुपति शर्मा, रितु थापा, शारदा पगेनी, पुरुषोतम पौडेल, रविनाबस्याल लगायतको प्रस्तुति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?