
२७ पुस, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित एक गेष्ट हाउसबाट आपत्तिजनक अवस्थामा एक जोडीसहित तीन जनालाई पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले पेपरमिल रोडमा संचालनमा रहेको सुविधा गेष्ट हाउसबाट एक महिला र पुरुषलाई अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनका अनुसार उक्त गेष्ट हाउसका संचालक क्षिरेश्वरनाथ नगरपालिका ६ सुखवा बस्ने रीता चौधरीलाई समेत नियन्त्रणमा लिइएको छ । चौधरीले महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गरेको प्रहरी निरीक्षक नायकले बताए ।
पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपोसार (नियन्त्रण ) ऐन २०६४ अन्तर्गत मुद्दा चलाईने प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4