+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

इमोमार्फत १० लाख ठगेको आरोपमा सात जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २९ गते १७:०६

२९ पुस, धनगढी । सामाजिक सञ्जाल इमोमार्फत चिट्ठा परेको भन्दै १० लाख भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

१० लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा मोरङ सुन्दरहरैचाका आइएमइ सञ्चालक ३८ वर्षीया इन्दिरा पुरी, आइएमइमा कार्यरत ४२ वर्षीय मनमोहन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै विराटनगर– १ का सजिलो मनि ट्रान्सफर सञ्चालक ३७ वर्षीय विश्वनाथ राजवंशी, रङ्गेली नगरपालिका ६ का २८ वर्षीय भवेश कुमार मण्डल, सुनवर्षी नगरपालिका ८ का २२ वर्षका अब्दुल सलाम, भारत विहारका २५ का शतिष मण्डल र सोही ठाउँका ५५ वर्षीय मोहम्मद ईसुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

इमोमार्फत चिठ्ठामा २५ लाख भारतीय रुपैयाँ परेको भन्दै उनीहरूले ठग्दै आएको प्रहरीले बताएको छ ।

भारु २५ लाखको चिठ्ठा परेको र उक्त पैसा पाउनको लागि कर बापत रकम तिर्नु पर्छ भनी पटक-पटक गरी १० लाख भन्दा बढी रकम ठगेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।

आफू ठगिएको भन्दै कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६ कि धनकला धामीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् । धामीको उजुरी परेपछि प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?