
५ माघ, हेटौंडा । मकवानपुरको भीमफेदीमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको परशुरामपुर गाउँपालिका-८ का ३० वर्षीय अनिलप्रसाद चौहान रहेका छन् ।
हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत भीमफेदी गाउँपालिका-२ मा काठमाडौं जाँदै गरेको ना.५२ प. ४६१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा घाईते भएका चौहानलाई उपचारका लागि हेटौंंडा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4