
८ माघ, बुटवल । बुटवलमा सञ्चालित प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि कालिका मानव ज्ञान माबिले जितेको छ । २४ पदकसहित कालिकाले उपाधि रक्षा गरेको हो । उसले १० स्वर्ण, ७ रजत, ७ कास्य पदक जितेको हो ।
त्यस्तै एभरेष्टले १४ पदक जितेको छ । यसले १० स्वर्ण, ३ रजत र १ कास्य जितेको छ । न्यू होराइजनले ४ स्वर्ण, ७ रजतसहित ११ पदक जित्न सफल भएको छ । नवीन औद्योगिक माविले ९ रजत र ५ वटा कास्य पदक जितेको छ । २५ विद्यालय सहभागी प्रतियोगितामा २ सय ५८ वटा पदक वितरण गरिएको थियो ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको खेलमा उत्कृष्ट खेलाडीलाइ कार्यबाहक नगर प्रमुख रामप्रसाद रेग्मी, वडा न ११ वडाध्यक्ष रामचन्द्र क्षेत्री लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ४८ वटा इभेन्टमा २ सय ५८ वटा पदकका लागि उनीहरुले भाग लिएक थिए ।नगरभित्रका सामुदायिक र नीजि गरी २४ वटा विद्यालयका करिब ६ सय खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले गरेका थिए ।
प्रतिक्रिया 4