+

तेस्रो श्रेणीको क्लबसँग एट्लेटिको हार्‍यो

२०७६ माघ  १० गते ७:४७ २०७६ माघ १० गते ७:४७
तेस्रो श्रेणीको क्लबसँग एट्लेटिको हार्‍यो

काठामाडौं । ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगितामा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग पराजित हुँदै बाहिरिएको छ ।

गएराति भएको खेलमा १ गोलको अग्रता लिएर पनि जोगाउन नसक्दा एट्लेटिको २–१ ले पराजित भएको हो ।

लिओनेसाको मैदानमा भएको खेलमा घरेलु टोलीले एट्लेटिको म्याड्रिडलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो भने तीनै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, त्यो लामो समय रहेन । ८२ औं मिनेटमा जुलेन कास्टेनेदाले लिओनेसाका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयको १८ औं मिनेटमा सर्जियो बेनिटोले गोल गर्दै लिओनेसालाई २–१ को अग्रता दिलाए र त्यही गोल निर्णायक बन्दा अप्रत्यासित जितसहित लिओनेसा अन्तिम १६ मा प्रवेश गरेको छ ।

एट्लेटिको मड्रिड २०११ पछि पहिलो पटक तेस्रो श्रेणीको क्लबसँग पराजित भएको हो ।

ला लिगामा पनि अपेक्षित प्रदर्शन गर्न नसकेको एट्लेटिको पछिल्लो खेलमा आईबारसँग पराजित भएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय