+
+

शिक्षकको कुटाईबाट बालकको हात भाँचियो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते २०:२५

१२ माघ, सिरहा । गृहकार्य नगरेको भन्दै सिरहाको मिर्चेया नगरपालिका ६ स्थित स्वस्तिक पाठशालामा अध्ययनरत बालकलाई शिक्षकले कुट्दा हात भाँचिएको छ ।

पाठशालाको छात्रावासमा रहेर अध्ययन गर्दै आएका सिरहा नगरपालिका वडा नम्बर २ का १३ बर्षीय बालक ऋतिक यादवको हात भाँचिएको हो ।

कक्षा ६ मा अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै आइतबार लट्ठीले  कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले जानकारी दिएका छन् ।

ऋतिकको उपचार उनकै परिवारले गराएको छ । अहिले ऋतिक घरमा नै आराम गरिरहेको छ ।

ऋतिकका बुबा बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षकविरुद्व प्रहरीमा जाहेरी दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?