+
+

शहीदप्रतिको सम्मान(फोटोफिचर)

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १२:५७

१६ माघ, काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा बिहीबार शहीद दिवस मनाइँदै छ ।

जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ ।

शहीद दिवस मूल समारोह समितिले बिहीबार लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सरकारी कर्मचारी, सुरक्षा निकाय लगायतले राजधानीको लैनचौरस्थित शहीद स्मारकमा पुगेर पुष्पमाला चढाएका छन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?