+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भिजिट वर्षको नाममा रोग नभित्र्याऊँ : राष्ट्रियसभा सदस्य रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १२:११

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले भ्रमण वर्षको नाममा देशमा रोग भित्र्याउन नहुने बताएका छन् ।

चीनबाट फैलिएको कोराना भाइरस धेरै देशमा फैलिएको भन्दै त्यसबाट नागरिकलाई बचाउन सरकार सचेत हुनु पर्ने भन्दै उनले भने, ‘भिजिट नेपाल २०२० को नाममा देशमा रोगलाई भित्र पसाउने गर्नु हुँदैन । भिजिट वर्ष २०२० भएन भने २१ गरौंला, २२ गरौंला ।’

चाइनाले समेत केही पत्ता लगाउन नसकेको कोरोना भाइरस नेपालमा भित्रिए यहाँको जनशक्तिले रोकथाम गर्न नसकिने भन्दै उनले पहिल्यै सचेत हुनुपर्ने बताए ।

उनले भने, ‘कर्णालीका नेपाली कतिपटक सिटामोट नपाएर मरेको अवस्था छ । यो भाइरस आए हाम्रो अवस्था के हुन्छ ?’

राष्ट्रियसभा सदस्य रायमाझीले आवश्यक परे स्थलमार्गसँगै चाइनाको हवाइमार्ग पनि रोक्नु अनुरोध गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?