Comments Add Comment

‘बाघी ३’ ट्रेलर : टाइगरको भयानक भिडन्त

बलिउडको प्रतिक्षित चलचित्र ‘बाघी ३’को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार टाइगर श्राफ, श्रद्धा कपुर र रीतेश देशमुखलाई फिचर गरिएको छ ।

टाइगर श्राफ हावी बनेको ट्रेलरमा चलचित्रको एक्सन पक्षलाई बढि स्थान दिइएको छ । ट्रेलरमा राखिएको एक्सनका दृष्यहरु धमकेदार छन् । चलचित्रको लागि टाइगरको मेहनत र द्वन्द्व निर्देशकको प्रशंसनिय छ ।

ट्रेलरमा टाइगर आˆनो भाइको लागि सिंगो देशसँग लडाई गरेको देखाइएको छ । टाइगरको भाइ बनेका रितेश कुनै देशमा गएका छन् । त्यहाँ रितेशलाई कुनै एक समुहले कुटिदिन्छन् । आˆनो भाइलाई निकै प्रेम गर्ने टाइगर भाइकै लागि त्यस देशमा पुग्छन् र लडाई सुरु गर्छन् ।

ट्रेलरमा राखिएका संवादहरु पनि उत्कृष्ट सुनिन्छन् । भाइलाई बचाउन अर्काको देशमा पुगेका टाइगरले त्यहाँ एक संवाद बोलेका छन्, ‘मेरो भाइलाई केही भयो भने, मेरो बुबाको कसम तेरो देशलाई पूरा दुनियाको नक्साबाट मेटाइदिन्छु ।’

बाघीका दुई सिरिज ‘बाघी’ र ‘बाघी २’ ले बक्स अफिसमा निकै राम्रो व्यापार गरेको थियो । यी दुबै सिरिजमा टाइगर श्राफ मुख्य भूमिकामा प्रस्तुत भएका थिए । सफल सिरिजको चलचित्र भएका कारण पनि यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुमपा हेरिएको छ ।

सजिद नाडियडवालाले निर्माण गरेको यस चलचित्रको बजेट निकै उच्च रहेको छ । चलचित्रलाई उत्कृष्ट बनाउन उनले केही कुरामा सम्झौता गरेका छैनन् । अम्हेद खानले निर्देशक गरेको यस चलचित्र मार्च ६ तारिखमा रिलिज हुदैँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment