Comments Add Comment

डेब्यू चलचित्रबाटै चर्चामा आएका अभिनेत्रीको कस्तो छ अवस्था ?

आफ्नो अभिनय यात्राको पहिलो चलचित्र हिट बनाउने अभिनेत्रीहरु प्रसस्त छन् । पहिलो चलचित्रबाट नै धमाकेदार डेब्यू गर्न सफल भएका ती अभिनेत्रीको अभिनय करियर भने खासै राम्रो हुन सकेको छैन । यद्यपि, उनीहरुले धमाकेदार डेब्यूबाटै अधिकांशलार्य आश्चर्यमा पारेका थिए । ती अभिनेत्रीहरुले डेब्यू गरेका अधिकांश चलचित्रहरु बक्स अफिसमा सुपरहिट समेत भएका थिए ।

त्यति हुँदा–हुँदै पनि उनीहरु दोस्रो चलचित्रमा भने दोहोरिएनन् । आफ्नो कुशल अभिनय क्षमता हुँदा–हुँदै पनि आज ती अभिनेत्रीहरु कामकै लागि तड्पिरहेका छन् । त्यस्ता केही बलिउड अभिनेत्रीहरुलाई चिनौं :

सोनल चौहान

बलीउडकी सुन्दर अभिनेत्री सोनल चौहानलाई आज पनि तपाईं सम्झनु हुन्छ होला । सिरिसल किसर इमरान हाशमीसंग आफ्नो डेब्यू चलचित्र ‘जन्नत’ बाट सोनलले आफ्नो अभिनय माध्यममार्फत हरेकलाई आफ्नो प्रशंसक बनाएकी थिइन् । बक्स अफिसमा सुपरहिट भएर पनि सोनल चौहान दोस्रो पटक प्रमुख भुमिकामा देखिइनन् ।

शमिता शेट्टी

बलीउडका स्मरणिय चलचित्रहरु मध्येको एक ‘मोहब्बतें’ बाट आफ्नो अभिनय करियरको थालनी गरेकी अभिनेत्री शमिता शेट्टी आज ठुलो पर्दाबाट धेरै टाढा छिन् । शानदार आइटम गीतपछि पनि अभिनेत्री शिल्पा शेट्टीकी यी बहिनीले अहिलेसम्म पनि इन्डस्ट्रीमा कुनै सफलता हासिल गर्न सकेकी छैनन् ।

ईशा गुप्ता

बलिउडका सिरियल किसर इमरान हासमीको चलचित्र ‘जन्नत–२’ बाट आफ्नो अभिनय करियरको शुरुवात गरेकी अभिनेत्री ईशा गुप्ता पनि अहिले ठुलो पर्दाबाट धेरै टाढा छिन् । तर सामाजिक सञ्जालको माध्यमबाट आफ्नो बोल्ड अवतारहरु प्रस्तुत गरेर मानिसहरुलाई मदहोश गर्दै आइरहेकी छिन् ।

आयशा टाकिया

वान्टेड गर्ल आयशा टाकियालाई तपाईं आज पनि सम्झनु हुन्छ होला । आफ्नो हिट चलचित्र ‘टार्जन द वन्डर कार’ बाट डेब्यू गरेकी आयशा छिट्टै दर्शकको मन जित्न सफल भएकी थिइन् । यसका साथै सलमान खानको चलचित्र ‘वान्टेड’ मा आफ्नो कुशल अभिनयले सबैलाई लोभ्याएकी थिइन् । तर अहिले यी अभिनेत्रि फिल्मी संसारबाट टाढा भएर आफ््नो पारिवारीक संसारमा रमाइरहेकी छिन् ।

प्रिति झंझनी

प्रिति झंझनीले पनि आफ्नो अभिनय करियरको शुरुवात चलचित्र ‘मोहब्बते’ बाट गरेकी थिइन् । उक्त चलचित्रमा आफ्नो शानदार अभिनयपछि उनी सिल्वर स्क्रीनमा दोस्रो पटक देखिइनन् । आफ्नो करियरमा खासै केहि नहुने देखेपछि प्रितिले मोडल परवीन डबाससंग विवाह गरिन् ।

स्नेहा उलाल

बलीउडमा अभिनेत्री ऐश्वर्या राय जस्तै अनुहार भएकी भनेर चिनिने स्नेहा उलाल पनि अहिले ठुलो पर्दाबाट टाढा छिन् । सलमान खानको चलचित्र ‘लकी’ बाट आफ्नो अभिनय करियरको शुरुवात गरेकी स्नेहाले ठुलो पर्दामा त्यस्तो ठुलो सफलता प्राप्त गर्न सकिनन् । आफ्नो स्वास्थ्यमा समस्या आएपछि स्नेहा उलाल फिल्मी संसारबाट टाढा भइन् ।

ग्रेसी सिंह

आमिर खानको चलचित्र ‘लगान’ बाट आफ्नो भिन्दै छाप छोड्न सफल अभिनेत्रि ग्रेसी सिंह पनि वर्तमानमा ठुलो पर्दाबाट टाढा भएकी छिन् । यसपछि उनी विभिन्न चलचित्रहरुमा देखिएता पनि उनके अभिनयले खासै रंग देखाउन सकेन । जसका कारण उनी अहिले ठुलो पर्दाबाट टाढा रहेर सानो पर्दामा सिमित भएकी छन् ।

किम शर्मा

बलीउडको स्मरणीय चलचित्र ‘मोहब्बतें’ बाट बलिउडमा पाइला राखेकी अभिनेत्री किम शर्मा लामो समयदेखि फिल्मी संसारबाट टाढा छिन् । पछिल्लो पटक किमलाई २००९ मा रिलिज भएको चलचित्र ‘मघधीरा’ मा देखिएको थियो । त्यसपछि उनी अहिलेसम्म पनि कुनै चलचित्रमा देखिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment