+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

कोरोना भाइरसविरुद्ध खोप बनाउने अभियानमा वैज्ञानिक

 १६ हप्तामा परीक्षणको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २६ गते १६:२५

२६ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने र संक्रमित हुने मानिसहरूको संख्या बढ्दै गर्दा विश्वका  विभिन्न देशका वैज्ञानिकहरू यसकाविरुद्ध खोप बनाउन सकिन्छ कि भनेर अनुसन्धानमा तल्लिन भएका छन् ।

हालसम्म अस्ट्रेलिया, फ्रान्स, संयुक्त राज्य अमेरिका र कोरोनाभाइरस उत्पत्ति भएको चीनका वैज्ञानिकहरूले यस्तो अनुसन्धान सुरु गरेका छन् ।

सामान्यतया यस्तो खोप बनाउन वर्षौं लाग्छ । खोप बनेपछि सुरुमा जनावरहरूमा परीक्षण गर्नुपर्छ, त्यसपछि सानो संख्याका मानिसमा परीक्षण गर्नुपर्छ । अनि सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको स्वीकृति लिनुपर्छ । यद्यपि विद्यमान संकटलाई दृष्टिगत गर्दै सकेसम्म छिटो कुनै उपाय पत्ता लगाउन उनीहरू जुटेका छन् । नयाँ रोगहरूका बारे अध्ययन गर्ने एक अन्तर्राष्ट्रिय संस्थाले उनीहरूका प्रयासलाई सहयोग गरिरहेको छ ।

करिब तीन वर्ष अगाडि अफ्रिकामा इबोलाको महामारी फैलिँदा गठन भएको कोएलेसन फर इपिडेमिक प्रिपेयर्डनेस इनोभसन्स (सेपी)ले विभिन्न देशमा यस्ता अध्ययनहरू सञ्चालन गरिरहेको छ । हाल सञ्चालित अध्ययनहरूमै लाखौँ डलर खर्च गरिसक्दा पनि संस्थाले थप अध्येताहरूबाट नयाँ प्रस्तावको माग गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रिचार्ड ह्याचेटका अनुसार आगामी १६ हप्ताभित्र खोपको परीक्षण सुरु गर्ने प्रारम्भिक लक्ष्य छ ।

यो समय उच्च दबावको अवस्था भए पनि संसारका विभिन्न भागमा रहेका आफूजस्तै अन्य वैज्ञानिकहरू पनि यस्तै कार्यमा लागेको थाहा पाउँदा आफूले अलिकति राहतको सास फेर्न पाएको अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयका वरिष्ठ अनुसन्धाता किथ च्यापेलले बताए । “धेरै अनुसन्धानहरूमध्ये कुनै न कुनै सफल होला र महामारी रोकिएला भन्ने आशा छ,” उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?