+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘हजुर, तपाईं’ शब्द हटाउने नियोजित प्रयास भयो : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते १९:२६

२८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हजुर, तपाईं’ जस्ता आदरार्थी शब्द हटाउने नियोजित प्रयास भइरहेको बताएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार आयोजित ७० औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘सम्मान जनाउने अदरार्थी शब्द हटाउने नियोजित प्रयास भइरहेको छ’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘हाम्रो सञ्चार माध्यमलाई हजुर, तपाईं भन्दा साह्रै सानो भए जस्तो लाग्छ ।’

सबैलाई ‘यु’ भन्ने अंग्रेजीको नक्कल गरेर हजुरबा, हजुरआमालाई समेत ‘तिमी’ शब्द प्रयोग भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले अरुको नक्कल गर्दा सञ्चार माध्यमहरूले ‘हाम्रो आफ्नै भाषा छ, भाषाको मर्म छ’ भन्ने बिर्सिएको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?