+
+

औद्योगिक ग्राम स्थापनामा सघाउन प्रदेशलाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १ गते १३:३६

१ फागुन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले औद्योगिक ग्राम स्थापनामा सहयोग गरिदिन प्रदेश मन्त्रालयलाई पत्राचार गरेको छ ।

सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्रचार गर्दै मन्त्रालयले औद्योगिक ग्राम घोषणा भएका स्थानमा मापदण्ड र सुविधालाई मध्यनजर गरीे समन्वय गरिदिन आग्रह गरेको हो ।

पूर्वाधार विकासका लागि नीतिगत ब्यबस्था, बित्तीय तथा प्राविधिक सहयोग, अनुगमन, मुल्याङ्कन, समन्वय तथा नियमन सम्बन्धी कार्यहरुमा केन्द्रले समन्वय आवश्याक मागेको संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशबाट गरिने सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग, पूर्व तथा बिस्तृत अध्ययन प्रतिवेदन, पूर्वाधार निर्माण र बिकासमा गरिने लगानीमा संघ, प्रदेश र स्थानीय तहबीच दोहरोपन नपर्ने गरि समन्वय र सहकार्य गर्न मन्त्रालयले पत्रमार्फत भनेको छ ।

सरकारले गत असोज ७ गते घोषणा गरेको एक स्थानीय तह एक औद्योगिक ग्राम कार्याक्रम घोषणा गरेको थियो । कार्याक्रम अन्तर्गत पूर्वाधारबाहेक अध्ययन अनुसन्धान तथा प्रशासनिक खर्चमा रकम उपयोग गर्न नपाउने गरी पूर्वाधार निर्माण कार्यमा स्रोत खर्च गर्ने गरी ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँ बजेट निकासा गर्ने निर्णय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रायले गरेको थियो ।

३२ वटै स्थानीय तहलाई बजेट निकासा भइसके पनि कार्यगत अन्योलता देखिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रायले सहजीकरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?