+
+

कोरोनाको आशंकामा भर्ना भएका तीन जनामा संक्रमण नभएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १६:३६

कोरोना भाइरस सं‌क्रमको आशंकामा अस्पताल भर्ना भएका चीनबाट फर्किएका ३ नेपालीमा भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

कोरोना भाइरसको आशंकामा गत बुधबार उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो।

उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभएको पाइएको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए ।

उनीहरुमा कोरोना भाइरस संक्रमण हुँदाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पताल भर्ना गरे पनि परीक्षणको क्रममा पुष्टि नभएको उनले जानकारी दिए । उनले भने, ‘संक्रमण पुष्टि नभएपछि उनीहरुलाई डिस्चार्च दिइसकेका छौँ।’

‘भाग्ने साउदी नागरिक बिरामी होइन कुरुवा हो’  

एक हप्ता अगाडि अस्पतालबाट भागेका भनेका साउदी अरेबियन नागरिक बिरामी नभई कुरुवा भएको डा. बाँस्तोलाले बताएका छन् । भागेको व्याक्तिको साथीलाई कोरोना संक्रमणको आशंकामा टेकु अस्पतालमा भर्ना गरिएको थियो । संगै आएका साथी बिरामी भएपछि ती नागरिक अस्पतालमा कुरुवा बस्न पुगेका थिए ।

संगै आएका दुईमध्ये एक जना भर्ना भएकाले अर्कोलाई पनि आइसोलेसनमा राख्नुपर्छ भनेर डाक्टरहरुले भनेका थिए । तर कुनै पनि लक्षण नभएकाले ती नागरिक त्यहाँबाट त्यहाँबाट हिँडेको थिए ।

‘अलिकति कडा लक्षण देखिएको साथीलाई आइसोलेसनमा राखिएको थियो। तर, परीक्षण गर्दा तिनमा कोरोनाको संक्रमण देखिएन’ बाँस्तोला भन्छन्, ‘ भागेको भन्दा पनि बिरामी साथीसँगै भर्ना हुनुपर्छ भनेर ती नागरिक त्यहाँबाट हिँडेका हन् । उनलाई कुनै लक्षण देखिएको थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?