+
+

सिटिजन्स बैंकद्वारा पोखरामा सीसी टिभी जडान गर्न ७५ हजार सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २ गते १८:१३

२ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरामा सीसी टिभी जडान गर्न उपभोक्ता समितिलाई ७५, हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो ।

बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र आर्थिक कारोबार हुने व्यबसायीहरुको सुरक्षाको हेतुले पोखरा महानगरपालिकाको पालीकाचोकदेखि राष्ट्रबैंक चोकसम्म समितिले सीसी टिभी जडान गर्ने योजना अगाडी सारेको छ । यसले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्नेे विश्वास बैंकले लिएको छ । सीसी टिभी जडानपछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई सहज हुने कुरा समितिले जनाएको छ ।

शान्ति सुरक्षा कायम गरी अपराधमुक्त समाजको निर्माण गर्नुका साथ साथै अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई थप हौसला प्रदान गर्नेे विश्वास बैंकले लिएको छ ।अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?