+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बी डिभिजन क्लब बाँसबारीलाई अराउण्ड द हिमालयजको प्रायोजन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ४ गते १६:२६

४ फागुन, काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने तयारीमा रहेको बाँसबारी क्लबलाई अराउन्ड द हिमालयज प्रालिले मुख्य प्रायोजन गरेको छ ।

बी डिभिजन लिग यही फागुन १२ गतेदेखि हुँदैछ । बाँसबारी क्लबले आइतबार अराउन्ड द हिमालयजसँग एक वर्षको लागि प्रायोजन सम्झौता गरेको हो । अराउण्ड द हिमालयज पर्यटन क्षेत्रमा काम गर्ने संस्था हो ।

बाँकसबारी क्लबका अध्यक्ष प्रेम थापा र  हिमालयजका प्रबन्ध निर्देशक सुधा रमनले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै अराउन्ड द हिमालयजले बाँसबारी क्लबलाई १० लाख नगद उपलब्ध गराउने छ ।

यस्तै क्लबले अराउन्ड द हिमालयज बाँसबारीको नामबाट ‘बी’ डिभिजन लिग खेल्नेछ भने क्लबको जर्सीमा पनि प्रायोजकको लोगो राखिनेछ । प्रायोजकले क्लबलाई राम्रो फुटबल खेल्ने उर्जा प्राप्त हुने र आउने दिनमा पनि सहकार्य निरन्तर हुने अपेक्षा राखेको छ ।

स्थापना भएको ४ दशक भइसकेको बाँसबारीले यस वर्ष ए डिभिजनमा उक्लने लक्ष्यका साथ तयारी शुरु गरिरसकेको छ ।

क्लबले यस सिजन लिगका लागि २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको छ । क्लबको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वखेलाडी युगल किशोर राई तथा सहायक प्रशिक्षकमा निशान श्रेष्ठ छन् । यस्तै भारतबाट कण्डिसनिङ प्रशिक्षकमा कपिल फोगटलाई अनुबन्ध गरेको क्लबले जनाएको छ ।

बाँसबारीको टिम : अन्जन देवकोटा (कप्तान), टंकप्रसाद गुरुङ, सुलेमान थापा मगर, अनिल गुरुङ, अनुज भण्डारी, अमृत श्रेष्ठ, भीष्मराज घिमिरे,  शिव गुरुङ, निशान सुनार, सजिन थापा मगर, सुरेश कुमाल, विशाल स्याङतान, सुदिस जबेगु,  केशव खड्का, विपिन गुरुङ, रोशन नेपाल, सञ्जय सुब्बा, अजय राजवंशी,  दिपान्शु राउत,  मकरध्वज गुरुङ,  कमल खवास, अमृत गुरुङ

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?